पृष्ठभूमि
ललितपुर महानगरपालिकाको २९ सैं वडाहरु मध्ये ३ वडा पृथक छन् । यो वडा नयाँ र पुरानो बस्तीको समिश्रमण छ । जहाँ पुरानोबस्तीमा ऐतिहासिक सम्पदा र नेवा संस्कृतिको मौलिकता छ भने नयाँ बस्ती व्यावसायिक रुपमा परिचित छन् । रेष्टुरेण्टको हव काठमाडौंको ठमेल पछि यसै वडाको झम्सिखेललाई मानिन्छ । त्यतिमात्र होइन शैक्षिक क्षेत्रमा पनि शिक्षण संस्थाको केन्द्र मानिन्छ, जहाँ मदन स्मारक र श्रमिक बाल बिज्ञान जस्ता सामुदायिक विद्यालय छन् भने रातो बंगला, ब्रिटिस स्कूल, सेन्ट मेरिज र आईडियल मोडेल जस्ता थुप्रै संस्थागत विद्यालयहरुबाट अध्यापन गराउँदै आएका छन् । यतिमात्र होइन सरकारी कार्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु यस वडामा धेरै छन् । जनजीवनको अवस्था हेर्ने हो भने धेरै शिक्षित र सम्पन्न वडाबासीहरुको बसाई छ । जानकारीमूलक सूचनाहरु निम्नानुसार उल्लेख गरिएको छ ।
Read Moreवडाहरु
१घरधुरी
२०९७जनसंख्या
६३३४पुरुष जनसंख्या
३२६४महिला जनसंख्या
३०५६वस्ती संख्या
४८मुख्य भाषा
नेपालीक्षेत्रफल (वर्ग किमी)
१२८.९३- पुरुष ३२५४
- महिला ३०५३
- ( जम्मा ) ६३२२
- वस्ती संख्या ४८
- क्षेत्रफल १७.३४ वर्ग किमी

